khahare

Loading...

स्वर्णमहोत्सबको अवसर पारी ज्ञानोदय उच्च मा बि मजुवा,गुल्मी मा कला प्रदर्शनी



















1.      landscape

2.     bird

3   bird

4    bird

5 god

6    landscape

7 landscape

9 culture


8 landscape

10 landscape

11  landscape

12 landscape
श्री ज्ञानोदय उच्च मा बि, तुरांग मजुवा गुल्मीको स्वर्ण महोत्सबको अबसरमा  कला प्रदर्शनी आयोजना गरिएकोछ. देशका विभिन्न कलाकारहरुको चित्रहरुलाई प्रस्तुत गरिने उक्त प्रदर्शनीमा बिद्यालय स्तरलाइ सुहाउने र पाठ्यक्रम अध्ययनलाई सहयोग पुग्ने विभिन्न शैलिका  चित्रहरु समाबेस गराइनेछ. माघ ३ गते देखि ५ गते सम्म चल्ने उक्त प्रदर्शनीमा सोहि बिद्यालयका पूर्व बिद्यार्थी खडानन्द भण्डारी (बिष्णु भण्डारी)को संयोजकत्वमा योगेस महर्जन,राज के  महर्जन,बि के नरबहादुर, सबिन के सी,श्यामा रम्तेल,सुजिता महर्जन,प्रमिला परियार,श्याम श्रेष्ठ,दिपा लामा, भुवनेस्वरी दुवाल,डाफु बोहोरा,ओम गुरुङ,निर्भय श्रेष्ठ आदिका चित्र प्रदर्शन हुनेछन.रु ५०० देखि १०,०००  सम्म मूल्य पर्ने करिब १५० वटा चित्र  रहने सो प्रदर्शनीमा  तेल चित्र, पानी  चित्र र पेन्सिल माध्यमबाट मुर्त,अमुर्त,अर्धमुर्त,लोक चित्र,मिथिला चित्र,विभिन्न  व्यक्तिका मुहार चित्र,द्रीस्य चित्र,चराचुरुंगी,जनावरका चित्र   तथा छुवाली र प्रिन्ट माध्यमका चित्र पनि समाबेश गराइनेछ. 

 उक्त प्रदर्शनीको बारेमा जानकारी दिदै बिद्यालयका प्र अ लक्ष्मी भण्डारीले भन्नुभयो"२१ औं  शताब्दीको बिद्यार्थी हरेक क्षेत्रको बारेमा जानकार र दक्ष्य हुनुपर्दछ,हरेक बिसयको ज्ञान  पछि नै मानिसले आफ्नो क्षमता चिन्दै लक्ष्य निर्धारण गर्न सक्दछ. हाम्रो विद्यालयको लक्ष्य ब्यबहारिक र युग सुहाउदो शिक्षा  दिनु हो र प्रदर्शनीले  बिद्यार्थीलाइ  कला प्रति जागरुक बनाउन सहयोग गर्दछ." साथै उहाले  आफु  पनि यहि विद्यालयको पूर्व बिद्यार्थी भएकोले आफ्नो अगाध श्रध्दा रहेको जनाउदै  सबैको साझा लक्ष्य बिद्यालयको स्तर उन्नती गर्दै गुणस्तरीय शिक्षा  दिनु हुनुपर्ने र सो अभियानमा हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो . साथै उक्त प्रदर्शनीका बारेमा थप प्रस्ट पार्दै संयोजक खडानन्द भण्डारीले भन्नुभयो"हामी सबै पूर्व बिद्यार्थी, शुभचिन्तक,शिक्षाप्रेमि तथा त्यो माटोलाई माया गर्नेले विद्यालयको ५० औं जन्मदिनको पावन घडीमा उपहार स्वरूप कला उपहार दिने अबशर जुटाउने प्रयाश रहेको र जन्मदिनमा  प्रत्यक्ष उपस्थित भएर एकापसमा  खुशी साट्न पाएका तथा नपाएका सबैलाई उक्त कार्यद्वारा समाहित गराई बिद्यालयसंगको नाता अटुट रहेको दर्शाउन यसले सहयोग पुग्ने आशा लिएकाछौ.यद्यपी चित्र हरु व्यक्तिगत र संस्थागत रुपमा पनि खरिद गर्ने सकिनेछ."

चित्र खरिद बारे थप जानकारी
  • प्रदान गर्नेको नाम र ठेगाना चित्रको थि मुनि लेखिनेछ साथै कसैको स्म्रीतिमा पनि चित्र प्रदान गर्न सकिनेछ.
  • ज्ञानोदय उ मा बि लाइ प्रदान गर्ने भए सोहि मुल्यमा र ब्याक्तिगत रुपमा खरिद गर्न चाहेमा १० प्रतिशत थप रकम लाग्नेछ.
  • वेबसाइटबाट चित्र खरिद गर्नका लागि चित्रको नम्बर र टाइटल लेखि आफ्नो पुरा ठेगाना,इमेल ठेगानासहित +९७७९८४१६०४१३७ मा फोन वा म्यासेज तथा फेसबुकमा bishnu bhandari लाइ म्यासेज पठाउन  सकिनेछ .
  • वेबसाइटबाट चित्र करिब १० दिन  अघि देखि बढीमा १ महिना सम्म प्रदर्शन गरिनेछ.
  • चित्र तपाइले आफुलाई इच्छा लागेका अन्य शैक्षिक् संस्था पोलारिस,शारदा,रुद्रावती,हटिया,बलिथुम आदि र  अन्य सामाजिक संस्थालाई प्रदान गर्न वा व्यक्तिगत रुपमा पनि खरिद गर्न सक्नु हुनेछ.
उक्त प्रदर्शनीको बारेमा थप जानकारीको लागि ००९७७९८४१६०४१३७ मा सम्पर्क गर्न सकिनेछ.

कबिता "राधा "

राधा

भो राधा! आँशुका भञ्ज्याङहरु नऊक्ल।

बिचरो साधु!
तिमीले प्राथना गर्दा ,
तिम्रो समर्पण सम्झियो होला।

तिमीले चढाएको प्रसादबाट,
बिस्तारै तङ्रियोहोला।

तिमीले ढोग्दा,
तिम्रो बक्ष देख्योहोला।
अनी
 तिमीले छर्केको जलले,
अचानक,
कम्पन पैदा भो होला,
र त
तिमीलाई अंगाल्यो।

बिचरो साधु!

भो राधा! आँशुका भञ्ज्याङहरु नऊक्ल।
           **************

कविता- "पाइला"

पानी जीवन हो,
-श्वास् जस्तै,
-घाम जस्तै,
-आगो जस्तै,
-प्रेम जस्तै।

उसलाइ थाहा थियो सबै,
ऊभाएर पानी अन्जुलीमा
हेरी र देखी, आफ्नै प्रतिबिम्ब,
- धूक्धुकी जस्तै,
- स्पर्स जस्तै,
र गन्तब्य जस्तै पनि।

तर अन्जुली को पानी पोखियो,
-आँशु जस्तै;उसको गोडा छेउमा।

उ बलियो पाइला टेकेर हिँडि- घ्रीणाको।
**********

हल्लाहरुको देश

 हल्लाहरुको देश हो यो, यहाँ हल्लाहरुको ताँती छ।
यो कोलाहलको  देशमा,नबोलेकै जाती साथी,
नसुनेकै जाती छ।

गड्याङगुडुङ आकाशमा पानी कैले पर्दैन,
रोइराख्छ खहरे, मुसो कैले मर्दैन,
यो आँशु-आँशुको देश् हो, यहाँ दुखै-दुखको ताँती छ,
यो रुनेहरुको देशमा नदुखेकै जाती साथी,
नरोएकै जाति छ।

कराइराख्छन कागहरु, पिना सुक्दै रहन्छ,
आउछन, जान्छन माग्नेहरु, कुकुर भुक्दैरहन्छ,
अभाब मात्रको देश हो यो, यहाँ मगन्तेहरुको ताँती छ,
यो माग्नेहरुको देशमा, नदेखेकै जाती साथी,
नसुनेकै जाती छ।

गीत-तिमीलाई सधैभरी

तिमीलाई सधैभरी दु:ख मात्रै दिएँ होला।
लाग्छ कतै दु:खै दिन म जन्मेको थिए होला।

प्यार थियो उपहार, त्यहाँ  अन्धकार देखेँ,
फुलै-फुल  पन्छाएर जतातहिँ काँडा रोपेँ,
कति मीठा आशाहरु थिए तिम्रो जिन्दगीमा,
तर सबै सोहोरेर  सेलाई दिएँ गण्डकीमा,

खोज्छौ होला माया मेरो सधैं दिन उदाउदा,
नभेटेर रुन्छौहोला गोधुलीले चियाउदा,
एउटा जनम त्यसै गयो अर्को जनम भेट भए,
बाचा गर्छु सधैं तिम्रो,गर्नेछु म जय-जय।

गीतीकबिता-कैले घाम उदाउने?

कैले घाम उदाउने?कैले शीत ओभाउने?
कैले खुशी उम्लिएर परेली यो भिजाउने?
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?

भन्छन् रुप फेरी राख्नु बादलको नियम हो,
घामपानी बाढि पैरो खेल हो रे समयको,
अन्योल र अशान्ति कै राज देख्छु आज पनि,
भन्नेहरु भनिराख्छन रुने दिन गयो-गयो।

कसको मुख हेर्ने अब कसरी मन बुझाउने
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?


सपनाका गैरिखेत बगरमा सरेछन की,
परेविका दुतहरु अभरमा परेछन कि,
नमिल्नु नै देख्छु मैले मिल्ने एउटा सम्रचना,
बिहानीको सन्कल्प नै जहरमा गरेछन् कि।

यस्तो बेला कता जाने, कसरी दिन बिताउने,
कुर्दाकुर्दै दोबाटोमा टुक्रिन्छ की मौनता यो,
कैले तिम्रो छातिभरी ढुक्क सँग निदाउने?

कविता;-अब सुरुवात

अब सुरुवात

उसले चुपचाप हेरि,
उसले पनि हेरिरह्यो।

उ हाँसी,
उ पनि मुस्कुरायो।

उ बोली,
उसले पनि साथ् दियो।

अनी एक दिन उसले
आँखा जुधाइ,
आँखा?
जुधाएन, झुकायो।

र बिस्तारै नजिकिदै
उसले बेस्सरी चिमोटी
(मायाले हो कि) भित्रै सम्म चिमोटी,
उसले मुसुक्क हाँस्दै
घाऊ मुसारिरह्यो।
       ******
तर.........
सुनिन्छ  आजकल्
उ साथ् होईन शुरुवातको लागि माहिर छ।
   *************

गीत-मेरो बिचार

मेरो बिचार् अलग् छ,मेरो व्यबहार अलग् छ।
नआउ बिथोल्न, संसार अलग् छ।


देख्दिन मान्छेमा मान्छेको रंग,
पाउदिन फूल्मा म फूलको सुगन्ध,
म टेक्ने सुनौलो संघार छ,
नआउ बिथोल्न, संसार अलग् छ।




भिडन्तै-भिडन्तमा बसन्त खोज्ने,
पराया पिडामा उमंग देख्ने,
म मर्नु परे'नी त्यो स्वीकार अलग् छ।
नआउ बिथोल्न, संसार अलग् छ।

पिर नगर पहाड

पिर नगर पहाड,
म पनि छाती भरिको पहाडले,
पहाडै बनेकोछु तँ जस्तै।

तलाई खौरिएको प्राक्रितीकताले
दु:ख लाग्यो होला,
वन-वन डुल्ने म्रीगजोडी हराए होलान्,
ओठ जोडेर बस्ने ढुकुरहरु अत्तालीए होलान्,
हुनसक्छ-
राधाकृष्णका कथा
कथा मात्र भए होलान्,
हुनसक्छ-
ऐशेलु र काफलका बाहाना बिलाए होलान्,
उदाङो उपस्थितिमा मन रहेनहोला,
लाज लागेन होला दु:ख परिचय भयो होला,
तर पनि, भो पिर नगर पहाड-
म पनि छाती भरीको पहिरोले
पहिरो बनेको छु तँ जस्तै।

चट्याङको उज्यालो भ्रम,
हो की होइनको दोधारे बीगत,
छालले लुछुप्प रुझाएको पल,
बसन्तको नयाँ घुम्टो सिरेटो,
संगैको चन्चलता बस्तीसंगैको नयाँ परिचय,
उफ्! त्यो गूराँसे आनन्द,
ती सबै-सबै तेरो लागि कारण होलान आँशुका,
तर पनि पिर नगर पहाड-
म पनि छाती भरीको  खडेरीले
खडेरी बनेको छु तँ जस्तै।

जब तँ रुन्छस आँशु लुकाएर बर्सामा,
जब तँ रुन्छस पिर बगाएर खहरेमा,
जब तँ काप्छस पिडाका भुकम्पमा-
म छिया-छिया हुन्छु,
जब तँ आत्महत्या गर्न खोज्छस छाँगोबाट-
म मडारिन्छु बाढी बनेर
जब तँ कुहिरो बनेर बेमतलब डुलिरहन्छस-
म चिच्याउछु चट्याङ बनेर,
जब तँ सुसेल्छस सल्लेरिमा कथा-
म भुमरी बनेर छट्पटिन्छु,
जब तँ टोलाउछस
चुपचाप मध्यान्हमा,
म सहन सक्दिन तेरो मौनता
र उचालिन्छु ज्वालामुखी जस्तै,
बजारिन्छु छहरा जस्तै,
लछारिन्छु आँधिको रुख जस्तै,
भत्किन्छु सुनामि किनार जस्तै,
अनी टाउको ठोकेरआफ्नो भाग्य संगै
बिताउछु रात-
खाली आँखाहरुमा,
अनी यसै गरी बगाउछु दिन
मौन बार्ताहरुमा,
भो पिर नगर पहाड-
म पनि आँखा भरीको असारले,
असारै बनेकोछु तँ जस्तै।
     *************