गजल -भेट हुँदा आँखा-आँखा

भेट हुँदा आँखा-आँखा जुधाउन सक्दिन म।
टाढा भयौ भने मन बुझाउन सक्दिन म।


कैलेकाही यस्तो हुन्छ, प्यास त्यसै बढीदिन्छ,
मात चढिहाल्यो भने लजाउन सक्दिन म।


प्राप्ती मेरो जिवनको, पुजा तिमी श्रृजनाको,
मन्दिरमा अरु देउता सजाउन सक्दिन म।


रोइ-रोइ हासिदिउँला, मरि-मरी बाँचिदिउला,
आँसु झरी बर्षाएर रुझाउन सक्दिन म।


तिम्रो खुशी मेरो खुशी भने पनि टाढा हुँदा,
हाँस्दै ताली बिदाइको बजाउन सक्दिन म। 


हृदयको रोजाइमा अर्कै दोली चढ्यौ भने,
काँध थाप्दै डोलेलाई सघाउन सक्दिन म। 


'खहरे'झैं उर्लिएर,सुक्दाखेरी वाक्क लागे,
काँडा सम्झी कुल्चिए'नी बिझाउन सक्दिन म।