कबिता "राधा "

राधा

भो राधा! आँशुका भञ्ज्याङहरु नऊक्ल।

बिचरो साधु!
तिमीले प्राथना गर्दा ,
तिम्रो समर्पण सम्झियो होला।

तिमीले चढाएको प्रसादबाट,
बिस्तारै तङ्रियोहोला।

तिमीले ढोग्दा,
तिम्रो बक्ष देख्योहोला।
अनी
 तिमीले छर्केको जलले,
अचानक,
कम्पन पैदा भो होला,
र त
तिमीलाई अंगाल्यो।

बिचरो साधु!

भो राधा! आँशुका भञ्ज्याङहरु नऊक्ल।
           **************