तिमीलाई सधैभरी दु:ख मात्रै दिएँ होला।
लाग्छ कतै दु:खै दिन म जन्मेको थिए होला।
प्यार थियो उपहार, त्यहाँ अन्धकार देखेँ,
फुलै-फुल पन्छाएर जतातहिँ काँडा रोपेँ,
कति मीठा आशाहरु थिए तिम्रो जिन्दगीमा,
तर सबै सोहोरेर सेलाई दिएँ गण्डकीमा,
खोज्छौ होला माया मेरो सधैं दिन उदाउदा,
नभेटेर रुन्छौहोला गोधुलीले चियाउदा,
एउटा जनम त्यसै गयो अर्को जनम भेट भए,
बाचा गर्छु सधैं तिम्रो,गर्नेछु म जय-जय।
No comments:
Post a Comment