जुनकिरी


माफ गर जुनकिरी!!

म सक्दिन तिमीसंगै,
यो ओछ्यानमा चिहान फुलाउन l

अध्यारो गहिरिएको बेला,
सूर्यमुखी फूल झैँ सम्मोहित हुँदै,
कम्पन र गुन्जनहरुबाट,
आतशबाजीसंगैको तिम्रो आगमन,
अनि सहयात्राको आब्हान,
........................................
कस्तरी आउछेउ है.......तिमी?

धिप-धिप
उज्यालो धुक्धुकी,
मेरा चकमन्नताहरुमा,
-गोरेटो कोर्न,
-पौरख फुलाउन,
सम्भावनालाई आकार दिन,
घुर्मैलो क्षितिज लिएर आउछेउ तिमी,
तर
म सन्नाटाले जमेको बेला,
पच्दैन बुध्दबाणी
र हुत्तिन्छु बाछिटा जस्तै,
तर तिमी
सुनाइरहन्छेउ गीत,
-रीप छ भने घाम बन्छु-भन्दै,
-फराक छ भने स्वरूप दिन्छु-भन्दै l

जब पोखिन्छेउ पुरै,
निबस्त्र-मेरो गोडामा
र भन्छेउ-
आफैसंग के को लाज?
आफनै स्पर्शमा के को काउकुती?
तर
म बुझ्दिन यस्ता लवज
र देखाउंदै परको चट्टान,
भन्छु “म आएको बाटो त्यहि हो,
नपत्याए, हेर यो बाक्लो पैताला l

त्यसपछी तिमी
पोखेर जान्छेउ
गहिरो गुफा-म भित्र l
म ढुन्मुनीरहन्छु l

माफ गर जुनकिरी,

म सक्दिन यो अध्यारोको सागर तर्न l

© Bhandari Khahare