पाइलैपिच्छेको कुरुक्षेत्र



प्रत्येक ग्रीस्ममा,
केहि हुल “आगोहरु” जेठ झोंसेर छाती भरी,
धुँवाहरुसंगै शहिद हुन्छन्l

शरदको शान्त फुलबारी गाउँमा,
चरम गहिरो सिरोटोको झोक्काहरु,
गरिब बस्तीमा छिर्दा,
धुलोमा बनाएर,
रंगिन र एकनाशको चित्र-भबिस्यको,
देखाउदै रंग खुइलिएको आकृति पुराना
मार्क्स,माओ,कृस्ण र किराँत,
मान्छेहरु एकटक हेरीरहन्छन् र मोहित हुन्छन्,
उत्सब मनाउदै
मातिन्छन् नशाहरुमाl

यसैगरी
केहि झोक्का लहरहरुसंगै
प्रत्येक बर्साद्मा
एक हुल खोलाहरु
हाम्रो घर भित्र छिर्छन्
हाम्रो आँखामा पानी छ्यापेर,
हामीलाई निथ्रुक्क रुझाएर निस्कन्छन्,
हामी चुपचाप सहन्छौँ,
सब आगमन र फिर्तीl

यसैगरी प्रत्येक मौसम दोहोरिरहन्छ
र दोहोरिरहन्छन्

-ऐजन-ऐजन ब्यबहारहरुl

©भण्डारी खहरे