सम्झना


कहाँ जान सिंगारिएका छन् होला?
यी घरहरु?

कहाँ जान लामबद्ध छन् होला,
यी पहाडहरु?
कहाँ जान्छन् होला
मेरो आँखाबाट बगेर यी नदीहरु?
टिलपिल तारा र जुनहरु
कहाँ जान्छन् होला??
बादल,घाम,चरा र आफन्तहरु
कहाँ जान्छन् होला??
तर
तर, सबै नियम तोडेर
किन आउँदा हुन्??
यी नकचरा सम्झनाहरु।