बालगीत


हास्दै, खेल्दै, रमाउदै, पढ्न पाउनुपर्छ।
सफलताको सगरमाथा, चढ्न पाउनुपर्छ।
अवसर पायौं भने, गगन छुन सक्छौं,
अमरसिंह, बलभद्र जस्तै हुन सक्छौं,
चरा जस्तै फैलिएर, जिउन पाउनुपर्छ,
सफलताको सगरमाथा, चढ्न पाउनुपर्छ।
विश्व भरि यो देशको, नाम चिनाउने,
बुद्ध जस्तै बन्न सक्छौं, शान्ति फिजाउने,
हाम्रो सपना हामी आफै, देख्न पाउनुपर्छ,
सफलताको सगरमाथा चढ्न पाउनुपर्छ।
हास्दै, खेल्दै, रमाउदै, पढ्न पाउनुपर्छ।
सफलताको सगरमाथा, चढ्न पाउनुपर्छ।

बालगीत प्रतियोगिता-२०७३ मा  "उत्कृस्ट शब्द-रचना"को पुरस्कार प्राप्त  l