गीत-गरीबका गीत

गाइने दाइले गाउदै गए गरीबका गीत।
आफ्नो गीत सधैं भरी रह्यो आँफै सित।

कैले भन्छन् हार भयो, कैले भन्छन् जित भयो,
कैले भन्छन् दाजुभाईमा साँधी मिचामिच भयो,
आफ्नो भने कैले पनि नभएर जित,
गाइने दाइले गाउदै गए गरीबका गीत।

कैले भन्छन् छानो टालौँ, कैले भन्छन् मानो भरौँ,
कैले मनमुटाब मिली झगडा छिनोफानो गरौँ,
सधैं भरी सबै सँग हुँदै भयभित,
गाइने दाइले गाउदै गए गरीबका गीत।

गीत-अध्यारोको तुवालो

अध्यारोको तुवालो छ आँखा वरिपरि।
जिवनको रमाइलो टिपुँ कसो गरी।

आफ्ना मान्छे आस्वासन बाड्ने मात्र गर्छन्,
पराइ त झन् पराइ न हुन भाड्ने मात्र गर्छन्,
भुमरी मै हुन्छु कि म, पाउछु जान पारी,
जिवनको रमाइलो टिपुँ कसो गरी।

मैले हास्न थालेँ भने कान थुन्छन मान्छेहरु,
कलेजि मै घाऊ लागे खुशी हुन्छन मान्छेहरु,
फेरिन्छ कि यस्तै हुन्छ मान्छे सधैं भरी,
जिवनको रमाइलो टिपुँ कसो गरी।

गजल-म भक्त भए

बोलिको तिम्रो म भक्त भए।
के भनु प्यारी निसब्द भए।

कमल हौ तिमी हिलोमा फुल्ने,
म आफु देख्दा बिरक्त भए।

डुबेर तिम्रो भावनासँग,
म शब्द-सब्द बिभक्त भए।

त्यो म्रीदु प्याला पिउदै जादा ,
म काब्य भित्र ससक्त भए।

बोलिको तिम्रो म भक्त भए।
के भनुँ प्यारी निसब्द भए।

गीत-तिमीलाई देखेँ भने

तिमीलाई देखेँ भने जाने बाटो बिराउँछु।
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

आँखाभरी, ओठभरी यौबनको छाप चोखो,
जिउ भरी देखेपछी मिठो बैश बर्सिएको,
मात चद्छ अंग-अंग बेहोसिमा कराउछु,
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

सुन बीना, चाँदी बीना बेहुली झैं मन्डपकी,
अबोध र चन्चल छौ पानी सारी गण्डकीकी,
मैले बोले श्रिगार त्यो बिग्रिन्छ कि डराँउछु,
आँधी चल्छ हृदयमा आँफै भित्र हराँऊछु।

गजल-साह्रै बिरामी छु

जहाँ छोयो उहीँ दुख्छ साह्रै बिरामी छु।

तन जल्दा मन जल्यो पुरै खरानी छु।



कैकयि'नी हैन म त , कौसल्या नि हैन,

दुस्ट छोरा जन्माउने अती हरामी छु।



चिनाजानि पनि छैन, कुराकानी पनि छैन,

आँफैलाई चिन्दिन म सब्को बिरानी छु।



अरुलाई दु:ख हुन्छ, अर्को पाइला सुख हुन्छ,

कालो रात बितेपनी कालै बिहानी छु।



बग्दाबग्दै बगरमा हराउने 'खहरे' झैं ,

नपढ्दैमा धित मर्ने तितो कहानि छु।