कविता- "पाइला"

पानी जीवन हो,
-श्वास् जस्तै,
-घाम जस्तै,
-आगो जस्तै,
-प्रेम जस्तै।

उसलाइ थाहा थियो सबै,
ऊभाएर पानी अन्जुलीमा
हेरी र देखी, आफ्नै प्रतिबिम्ब,
- धूक्धुकी जस्तै,
- स्पर्स जस्तै,
र गन्तब्य जस्तै पनि।

तर अन्जुली को पानी पोखियो,
-आँशु जस्तै;उसको गोडा छेउमा।

उ बलियो पाइला टेकेर हिँडि- घ्रीणाको।
**********

हल्लाहरुको देश

 हल्लाहरुको देश हो यो, यहाँ हल्लाहरुको ताँती छ।
यो कोलाहलको  देशमा,नबोलेकै जाती साथी,
नसुनेकै जाती छ।

गड्याङगुडुङ आकाशमा पानी कैले पर्दैन,
रोइराख्छ खहरे, मुसो कैले मर्दैन,
यो आँशु-आँशुको देश् हो, यहाँ दुखै-दुखको ताँती छ,
यो रुनेहरुको देशमा नदुखेकै जाती साथी,
नरोएकै जाति छ।

कराइराख्छन कागहरु, पिना सुक्दै रहन्छ,
आउछन, जान्छन माग्नेहरु, कुकुर भुक्दैरहन्छ,
अभाब मात्रको देश हो यो, यहाँ मगन्तेहरुको ताँती छ,
यो माग्नेहरुको देशमा, नदेखेकै जाती साथी,
नसुनेकै जाती छ।