रोई-रोई भएपनि बाँच्नैपर्ने जिन्दगी यो ।
धोई-धोई माटोलाई बग्नैपर्ने गण्डकी यो ।।
पाऊ भरी नेलकडी लगाएरै भएपनि,
परेलीका पर्दाहरु झुकाएरै भएपनि,
मनका यी पंखहरु दिमागमा अल्झाएर,
आफैलाई आफै भित्र लुकाएरै भएपनि,
हुनसक्छ परिभाषा गुमाएरै जिन्दगिको,
बग्नदेउ, बग्नदेउ, बग्नैपर्ने गण्डकी हो।
आफैलाई दुई भाग लगाएरै भएपनि,
जानि-जानी निंदबाट जगाएरै भएपनि,
इच्छालाई सजायको जेल भित्र कैद गरी,
आँखा चिम्ली सिस्नोलाई समाएरै भएपनि,
हुनसक्छ नाँउ मात्र जोगाउन जिन्दगीको,
तिमीसंगै बग्नदेउ, बग्नैपर्ने गण्डकी हो।
गीत-मानिसको जात।
रुदा रुदै हास्न सक्छ देखाएर दाँत,
हाँसी-हाँसी बाँच्न सक्छ सहि सारा घात,
सिधा-सिधा हेर्दाखेरी सिधै पनि लाग्छ,
बुझी कैले नसकिने मानिसको जात।
काडै-काडा बीच पनि हिडेकैछ मान्छे,
जस्तो अग्लो डाँडा पनि चढेकैछ मान्छे,
एक्लै-एक्लै एकान्तमा रुन पनि सक्ने,
आफै आफ्नो भुमरिमा गढेकैछ मान्छे।
उजेलिन्छ घाम जस्तै भएपनि रात,
बुझी कैले नसकिने मानिसको जात।
आबेगका सारा बाढी लुकाउन सक्छ,
आफैलाई उचालेर देखाउन सक्छ,
कैले फेरी पानी जस्तै बिर्सिएर सबै,
जस्तो भाडो उस्तै आफु बनाउन सक्छ।
कैले आफै फुल्छ पनि कैले हुन्छ पात,
बुझी कैले नसकिने मानिसको जात।
हाँसी-हाँसी बाँच्न सक्छ सहि सारा घात,
सिधा-सिधा हेर्दाखेरी सिधै पनि लाग्छ,
बुझी कैले नसकिने मानिसको जात।
काडै-काडा बीच पनि हिडेकैछ मान्छे,
जस्तो अग्लो डाँडा पनि चढेकैछ मान्छे,
एक्लै-एक्लै एकान्तमा रुन पनि सक्ने,
आफै आफ्नो भुमरिमा गढेकैछ मान्छे।
उजेलिन्छ घाम जस्तै भएपनि रात,
बुझी कैले नसकिने मानिसको जात।
आबेगका सारा बाढी लुकाउन सक्छ,
आफैलाई उचालेर देखाउन सक्छ,
कैले फेरी पानी जस्तै बिर्सिएर सबै,
जस्तो भाडो उस्तै आफु बनाउन सक्छ।
कैले आफै फुल्छ पनि कैले हुन्छ पात,
बुझी कैले नसकिने मानिसको जात।
गीत-लगाएर पासो
कता जाउँ देख्दिन म जाने कुनै बाटो।
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।
आशाहरु सुकाएर आफैलाई बेच्दैछु म,
पर्खालको बीच पनि कता जाने सोच्दैछु म,
पोखुँ भने पिरहरु उर्लिदिन्छ हाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।
आज आइ आफ्ना जति पराइका मित्र भए,
सय थरी सपना सबै नबुझिने चित्र भए,
सुम्पिएर कसैलाई सपनाको नाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।
आशाहरु सुकाएर आफैलाई बेच्दैछु म,
पर्खालको बीच पनि कता जाने सोच्दैछु म,
पोखुँ भने पिरहरु उर्लिदिन्छ हाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।
आज आइ आफ्ना जति पराइका मित्र भए,
सय थरी सपना सबै नबुझिने चित्र भए,
सुम्पिएर कसैलाई सपनाको नाँसो,
रोकिदिउँ की जिन्दगी यो लगाएर पासो।
कबिता-एउटा खेलौना
एउटा खेलौना
हामी कहिले
समयको पासोमा आत्महत्या गर्दै
कृष्णको झन्डा बोक्दै हिड्यौं,
हुनसक्छ,
हेनरी ड्युना र नाइटिंगेलको हावा लागेर होला
बेनाम हरिश्चन्द्र बन्दैहिड्यौं
बेफ्वांक पानीको फुर्तिसँग दाँजिएर
वा शुन्य राजनीतिक भड्काउका पिछा गर्दै
वा पोथ्रा आदर्शको बुइ चढ्दै
ढुन्मुनियौ यसरी
जसरी चम्चा दौडमा गुच्चा ढुन्मुनिन्छ।
नियमका पर्खालहरु भत्काउदा
हात कातेर प्रेमिकाको प्रेम दर्साउने अभिमान बोक्यौं
बारीको बुख्याचा जस्तो
बतासको बेगमा नाचिरहदा
आफुमा नर्तकीको घमन्ड पाल्यौँ,
रमितेहरुको वा!वा! र तालिको गड्गडाहट्मा
हामी गौरवान्वित भयौँ,
कहिले ओशो, लेनिनका खहरे आदर्शहरुमा
निश्फिक्री बगिरह्यौ,बगिरह्यौ,
तर,
तर, कहिले सोचिएन
अह! कहिले सोचिएन
क्रमश क्रमश बिउँझीने नवक्षितिजहरु,
हिडिसकेका रोगी बाटोका उपचारहरु,
पाइतलामा उठेका फोराहरु,
वा लाज ढाक्दा लगाएका दर्शनहरु,
साच्चै!!कैले सोचिएन,
गुरु, आमा र परिवार
बरु सोचियो जिन्दगी एउटा खेलौना हो
देश एउटा मिठो ठट्टा हो।
हामी कहिले
समयको पासोमा आत्महत्या गर्दै
कृष्णको झन्डा बोक्दै हिड्यौं,
हुनसक्छ,
हेनरी ड्युना र नाइटिंगेलको हावा लागेर होला
बेनाम हरिश्चन्द्र बन्दैहिड्यौं
बेफ्वांक पानीको फुर्तिसँग दाँजिएर
वा शुन्य राजनीतिक भड्काउका पिछा गर्दै
वा पोथ्रा आदर्शको बुइ चढ्दै
ढुन्मुनियौ यसरी
जसरी चम्चा दौडमा गुच्चा ढुन्मुनिन्छ।
नियमका पर्खालहरु भत्काउदा
हात कातेर प्रेमिकाको प्रेम दर्साउने अभिमान बोक्यौं
बारीको बुख्याचा जस्तो
बतासको बेगमा नाचिरहदा
आफुमा नर्तकीको घमन्ड पाल्यौँ,
रमितेहरुको वा!वा! र तालिको गड्गडाहट्मा
हामी गौरवान्वित भयौँ,
कहिले ओशो, लेनिनका खहरे आदर्शहरुमा
निश्फिक्री बगिरह्यौ,बगिरह्यौ,
तर,
तर, कहिले सोचिएन
अह! कहिले सोचिएन
क्रमश क्रमश बिउँझीने नवक्षितिजहरु,
हिडिसकेका रोगी बाटोका उपचारहरु,
पाइतलामा उठेका फोराहरु,
वा लाज ढाक्दा लगाएका दर्शनहरु,
साच्चै!!कैले सोचिएन,
गुरु, आमा र परिवार
बरु सोचियो जिन्दगी एउटा खेलौना हो
देश एउटा मिठो ठट्टा हो।
कबिता-"मेरो कवित्व"
"मेरो कवित्व"
म हेरिरहेछु,
मेरा सन्तानको मुहार।
कुस्टरोग,पोलियो र एड्ससंगै,
भिन्न आश्थाका भिन्न रङहरु,
मेरा सपनाका सिँढी,
ढुक्क चढ्न सक्दिन बिस्वासमा
त्यसैले, मारिदेउ सन्तानहरु।
आज बाटो बढाउन खुम्चिए कुनै,
नाक जोगाउन उम्किए कुनै,
चिला हुन्छन् रे पात बलिया रुखका,
त्यसैले, अस्तित्व छैन मेरो,
न त भबिस्य नै छ सन्तानको
सपना फगत सपना हो
हुर्हुर दुन्केको पराले आगो
खरानिन्छ छीट्टै,
किनकी बैशमा सबै कवी हुन्छन्।
म हेरिरहेछु,
मेरा सन्तानको मुहार।
कुस्टरोग,पोलियो र एड्ससंगै,
भिन्न आश्थाका भिन्न रङहरु,
मेरा सपनाका सिँढी,
ढुक्क चढ्न सक्दिन बिस्वासमा
त्यसैले, मारिदेउ सन्तानहरु।
आज बाटो बढाउन खुम्चिए कुनै,
नाक जोगाउन उम्किए कुनै,
चिला हुन्छन् रे पात बलिया रुखका,
त्यसैले, अस्तित्व छैन मेरो,
न त भबिस्य नै छ सन्तानको
सपना फगत सपना हो
हुर्हुर दुन्केको पराले आगो
खरानिन्छ छीट्टै,
किनकी बैशमा सबै कवी हुन्छन्।
Subscribe to:
Posts (Atom)