हल्लाहरुको देश

 हल्लाहरुको देश हो यो, यहाँ हल्लाहरुको ताँती छ।
यो कोलाहलको  देशमा,नबोलेकै जाती साथी,
नसुनेकै जाती छ।

गड्याङगुडुङ आकाशमा पानी कैले पर्दैन,
रोइराख्छ खहरे, मुसो कैले मर्दैन,
यो आँशु-आँशुको देश् हो, यहाँ दुखै-दुखको ताँती छ,
यो रुनेहरुको देशमा नदुखेकै जाती साथी,
नरोएकै जाति छ।

कराइराख्छन कागहरु, पिना सुक्दै रहन्छ,
आउछन, जान्छन माग्नेहरु, कुकुर भुक्दैरहन्छ,
अभाब मात्रको देश हो यो, यहाँ मगन्तेहरुको ताँती छ,
यो माग्नेहरुको देशमा, नदेखेकै जाती साथी,
नसुनेकै जाती छ।

No comments:

Post a Comment