कविता :-तिमि मेरो बिक्रेता


तिमि मेरो बिक्रेता

तिमि मेरो बिक्रेता आशुको,
मन, मुटु,चेतना र आवेगको,
वा शीत जस्तो मुस्कानको 
अथवा हुनसक्छ समग्र जीवनको,
बिक्रेता तिमी.

म संग बेच्नका लागि निरोको बासुरी थिएन,
सिकन्दरको साम्राज्य,
वा हिटलरको जस्तो  तरङ्ग पनि थिएन,
न  त सल्लेरीको धुन बोकेर हिड्ने 
हुलकाहुल चराहरु थिए,
न त इन्द्रेणी ओढ्ने सपनाहरु थिए,
न त हाम्फाली रहने प्रेमी छहरा थियो.
न त बादल बनेर हिमाल चुम्ने सागरको समर्पण थियो,
अह! केहि थिएन मसंग.

म संग न त 
किनार संग जिस्किने लहरको बाल हासो थियो,
न त बाढीले पखाली  रहने गाउ जस्तो आखा थियो,
वा 
पहिरो गैरहने पहाड जस्तो मुटु,
वा 
हिमाल पगाल्ने मुनामदन कथा 
अह!केहि थिएन,

म संग थियो त
मेरो समग्रताको चित्र जस्तो कविता 
मात्र कविता,
 त्यहि थियो 
जो बिक्रेता मेरो  आशुको.

********************************