माफ गर जुनकिरी!!
म सक्दिन तिमीसंगै,
यो ओछ्यानमा चिहान
फुलाउन l
अध्यारो गहिरिएको
बेला,
सूर्यमुखी फूल झैँ
सम्मोहित हुँदै,
कम्पन र
गुन्जनहरुबाट,
आतशबाजीसंगैको
तिम्रो आगमन,
अनि सहयात्राको
आब्हान,
........................................
कस्तरी आउछेउ
है.......तिमी?
धिप-धिप
उज्यालो धुक्धुकी,
मेरा चकमन्नताहरुमा,
-गोरेटो कोर्न,
-पौरख फुलाउन,
सम्भावनालाई आकार
दिन,
घुर्मैलो क्षितिज
लिएर आउछेउ तिमी,
तर
म सन्नाटाले जमेको
बेला,
पच्दैन बुध्दबाणी
र हुत्तिन्छु बाछिटा
जस्तै,
तर तिमी
सुनाइरहन्छेउ गीत,
-रीप छ भने घाम
बन्छु-भन्दै,
-फराक छ भने स्वरूप
दिन्छु-भन्दै l
जब पोखिन्छेउ पुरै,
निबस्त्र-मेरो
गोडामा
र भन्छेउ-
आफैसंग के को लाज?
आफनै स्पर्शमा के को
काउकुती?
तर
म बुझ्दिन यस्ता लवज
र देखाउंदै परको चट्टान,
भन्छु “म आएको बाटो त्यहि हो,
नपत्याए, हेर यो बाक्लो पैताला l
त्यसपछी तिमी
पोखेर जान्छेउ
गहिरो गुफा-म भित्र l
म ढुन्मुनीरहन्छु l
माफ गर जुनकिरी,
म सक्दिन यो अध्यारोको सागर तर्न l
©
Bhandari Khahare